अवैध नशालु इन्जेक्शनसहित 3 जना पक्राउ

सिलगढी : एनजेपी पुलिसले अवैध नशालु इन्जेक्शनसहित 3 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा मधुसूदन राय, दीपु दास र वृन्दावन मण्डलको रूपमा चिन्हित गरिएको छ भने दीपु दास फुलबारी निवासी, मधुसूदन राय हल्दीबारी निवासी र वृन्दावन धुपगढी निवासी रहेको बताइएको छ।


पुलिस सूत्रले दिएको जानकारी अनुसार यी तीनैजना व्यक्तिले धेरै समय अघिदेखि युवाहरूलाई नशालु पदार्थ बेच्दै आइरहेका थिए। गत राति तिनीहरू फुलबारी क्षेत्रमा लगभग 600 इन्जेक्शन बिक्री गर्ने उद्देश्य आइरहेको समय एनजेपी थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर नशालु इन्जेक्सन सहित 3 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *