अवैध पार्किङविरुद्ध सहरमा पुलिसको अभियान

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको भक्तिनगर ट्राफिक गार्डको तर्फबाट नो पार्किङ जोनमा राखिएका बाईक तथा वाहनहरू विरूद्ध अभियान चलाइयो। भक्ति नगर ट्राफिक गार्डद्वारा सिलगढीको सेभोक रोड स्थित पायल सिनेमा हल संलग्न इलाकामा अभियान चलाइयो। यस अवधि सड़क किनार नो पार्किंङ जोनमा राखिएको वाहन तथा बाईकहरू जफत गरियो। सिलगढी शहरलाई जाममुक्त पार्ने उद्देश्य लिएर यस प्रकारको अभियान चलाइएको बताइएको छ। उक्त अभियानको नेतृत्व  भक्तिनगर ट्राफिक गार्ड  आईसी सुबीर दत्ता तथा एसीपी राजेन छेत्रीले गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *