अवैध पार्किंङ विरुद्ध ट्राफिक पुलिसको कार्वाही शुरू

खोरीबारी: खोरीबारी अनि नक्सलबारी क्षेत्रहरूमा नो पार्किंङ जोनमा राखिएका वाहनहरू विरूद्ध ट्राफिक पुलिसले कठोर कार्वाही शुरू गरेको छ। अवैध रूपमा पार्किंङ गरेको साना-ठूला वाहन तथा टोटोहरूको चक्कामा समेत ट्राफिक पुलिसले व्हील लक लगाइरहेको छ। घोषपुकुर ट्राफिक ओसी संजीव दत्ताले यसबारे बताए अनुसार कतिपय स्थानहरूमा सुविधालाई ध्यानमा राखेर नो पार्किंग जोन राखिएको छ। यसैगरी, नक्सलबारी बस स्ट्याण्ड नजिकमा पनि नो पार्किंग क्षेत्र राखिएको छ तथापि कतिपय चालकले ट्राफिक नियमहरूको पर्वाह नगरी प्रतिबन्धित क्षेत्रमा वाहन रोकेर राख्ने गर्दछन्। यसैलाई ध्यानमा राखेर प्रतिबन्धित क्षेत्रहरूमा रोकेर राख्ने वाहनहरूको चक्कामा व्हील लक लगाइने कार्य ट्राफिक पुलिसले गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *