अवैध पार्किङविरुद्ध एनजेपी ट्राफिक पुलिसको अभियान

सिलगढी : ट्राफिक पुलिसले सड़कबाट अवैध पार्किङ हटाउनको लागि कदम उठाएको छ। गत केही समयदेखि एनजेपी संलग्न इन्डियन ओयलको सड़कमा तेल ट्याङ्कर र मालवाहक ट्रकहरू अवैध रूपमा पार्किङ सड़क दखल गरिरहेकोले उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। विभिन्न समयमा पुलिसले ट्राफिक जामबाट छुट्कारा दिलाउन प्रयास गरे तापनि हालसम्म समस्याको समाधान भएको छैन। आज ट्राफिक आईसी शान्ता शीलको नेतृत्वमा तथा एनजेपी पुलिसको सहयोगमा उक्त इलाकामा अभियान चलाएर आगामी 16 फरवरीसम्म सबै वाहनहरू सड़कबाट हटाउने निर्देश दिएको छ। सडकबाट ती वाहनहरू नहटाएको खण्डमा कठोर कार्वाही गरिनेछ। स्थानीय व्यवसायी तथा निवासीहरूले ट्राफिकको यस निर्देशलाई सराहना गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *