अवैध पटेका कारखानामा विस्फोट, चारजनाको मृत्यु

कोलकाता : उत्तर 24 परगनाको नैहटी इलाकामा अवैध पटेका कारखानामा शुक्रबार भएको विस्फोटमा चारजनाको मृत्यु भएको छ। मृतकहरूमध्ये दुईजना महिला र दुईजना पुरुष सामेल छ। हाल मृतकहरूको परिचय थाहा नभएको बताइएको छ। प्राप्त जानकारीअनुसार पटेका कारखानामा आगो लागेपछि उक्त विस्फोट भएको थाहा लागेको छ। घटनाबारे पुलिस र अग्निशमन विभागलाई खबर दिएको छ। घटनाको जाँच शुरू गरेको बताइएको छ।


(इन्टरनेट फोटो)


Leave a Reply

Your email address will not be published. Required fields are marked *