अवैध रक्सीको व्यवसाय गर्ने व्यक्ति पक्राउ

सिलगढ़ी : सिलगढ़ी प्रधान नगर थाना पुलिसले हिजो राति स्पेशल अभियान चलाएर यहाँको रेगुलेटेड मार्केट इलाकाबाट अवैध रम-रक्सीको व्यापार गरेको आरोपमा दिनेश साहनीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार गत राति प्रधान नगर थाना पुलिसले थाना संलग्न इलाकामा विशेष अभियान अभियान चलाएर रेगुलेटेड मार्केटमा अवैध रम-रक्सीको व्यवसाय गरेको आरोपमा दिनेश साहनीलाई पक्राउ गरेको छ। पुलिसले तिनीबाट 33 बोतल अवैध विदेशी रम उद्धार गरेको छ। रेगुलेटेड मार्केटमा चलिरहेको यस अवैध रक्सीको धन्दा बन्द गर्नको लागि प्रधान नगर थाना पुलिसले लगातार अभियान चलाउने भएको छ। पुलिसले सम्पूर्ण मामिलाको पनि छानबिन गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *