अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले धेरै मात्रामा देशी-विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेका व्यक्ति मन्टु रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति बारिभाषा इलाकामा अभियान चलाएर मन्टु रायलाई अवैध रूपले रम-रक्सी बिक्री गरेको आरोपमा पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले आरोपीको घरबाट धेरै मात्रामा देशी-विदेशी रम-रक्सी जफत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *