अवैध रम-रक्सी सहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले हिजो धेरै मात्रामा अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति शीतल सरकारको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले सादा पोशाकमा हिजो अम्बिकानगर निवासी शीतल सरकारको घर तथा दोकानमा अभियान चलाएर धेरै मात्रामा देशी रम-रक्सी उद्धार गर्नको साथै शीतल सरकारलाई पक्राउ गरेको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *