अवैध रम-रक्सीसहित एकजना पक्राउ

कानकी : गोप्य सूचनाको आधारमा उत्तर दिनाजपुर जिल्लाको कानकी बस स्ट्यान्डमा पुलिसले अभियान चलाएर अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बिहार निवासी 28 वर्षीय रामु मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज पुलिसले कानकी बस स्ट्यान्डमा नम्बर नभएको एउटा पिकअप भ्यान रोकेर छानबीन गर्दा 27 कार्टुन रम-रक्सी उद्धार गर्यो। जफत गरेको 27 कार्टुन रम-रक्सीको अनुमानित बजार मूल्य 3 लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *