अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अवैध देशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति राज किशोर मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले गत राति ज्योतिनगर कोलनीको एउटा दोकानमा अभियान चलाएर अवैध रम-रक्सी उद्धार गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *