अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले अवैध रम-रक्सीको कारोबारको रहस्योत्घाटन गर्दै गत राति एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति कुल्लीपाड़ा निवासी राजकुमार महतोको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति गोप्य सूचनाको आधारमा प्रधान नगर थानाका पुलिसले सादा पोशाकमा कुलीपाड़ा इलाकाको एउटा घरमा अभियान चलाएर 17 लिटर देसी तथा विदेशी रम-रक्सी जफत गरेको छ। यसको साथै अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा राजकुमार महतोलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *