अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर धेरै मात्रामा अवैध देशी-विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति 47 वर्षीय कमल छेत्रीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले हिजो रामनगर कोलनी निवासी कमल छेत्रीको घरमा अभियान चलाएर धेरै मात्रामा अवैध देशी-विदेशी रम-रक्सी उद्धार गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *