अवैध रम-रक्सीसहित दुईजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर अवैध रम-रक्सीसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरू क्रमैले प्रदीप बोस र सतीश राय सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले हिजो सिलगढीको ममतापाड़ा र सिपाहीपाडा इलाकाको दुईवटा घरमा अभियान चलाएर मोठ 93 बोतल देशी रम-रक्सी सहित केही विदेशी रम-रक्सी उद्धार गर्नको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ पक्रा परेका दुई व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *