अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले जाबराभिटा इलाकाबाट धेरै मात्रामा अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति दीपाङ्कर काञ्जीलाललाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारीअनुसार दीपाङ्करले धेरै दिन अघिदेखि अवैध रम-रक्सीको व्यवसाय चलाइरहेका थिए। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले गत राति जाबराभिटा इलाकाको एउटा दोकानमा अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सी उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *