अवैध रम-रक्सीसहित एकजना पक्राउ

राजगञ्ज : आमबारी आउट पोस्ट पुलिसले देशी-विदेशी रम-रक्सीसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक लक्ष्मीजामादारगछ इलाका निवासी अरूण रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार हिजो साँझ राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको लक्ष्मीजामादारगछ इलाकाको एउटा दोकानबाट 25 बोतल देशी रम-रक्सीसहित केही बोतल विदेश रम-रक्सी उद्धार गर्नको साथै एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।


अर्कोतिर, नवापारा क्यानलमोडबाट मोबाइल चोरी गरेको आरोपमा पुलिसले नवीन दास नाम गरेको युवकलाई पक्राउ गरेको छ। आमबारी आउट पोस्टका ओसी सजल रायले बताएअनुसार हिजो साँझ लक्ष्मीजामादारगछ इलाकाको एउटा दोकानबाट धेरै मात्रामा रम-रक्सीसहित एकजना युवकलाई पक्राउ गरेको छ। यसको साथै मोबाइल चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको तिनले बताए। पक्रा परेका दुवै आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *