अवैध रम-रक्सीको व्यवसाय चलाएको आरोपमा एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा एउटा घरमा अभियान चलाएर अवैध विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मुनिश्वर गोपको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको तीनबत्ती मोड संलग्न काश्मिर कोलनी निवासी मुनिश्वर गोपले घरमै अवैध रूपमा रम-रक्सीको व्यवसाय चलाउने गर्दथे।


तिनले अन्य राज्यबाट रम-रक्सी ल्याएर बिहारमा बिक्री गर्ने गरेकोबारे एनजेपी थाना पुलिसले गोप्य सुइँको पाएपछि हिजो राति अभियान चलाएर 66 प्याकेट विदेशी रम-रक्सीसहित मुनिश्वरलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको विदेशी रम-रक्सीको अनुमानित बजार मूल्य 1 लाख 60 हजार रुपियाँ रहेको छ। आरोपी मुनिश्वरलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *