अवैध रम-रक्सीसहित केही व्यक्ति पक्राउ

कुचबिहार : कुचबिहार ६ नम्बर वार्डमा पुलिसले अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सीसहित केही व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत राति रक्सीको मूल्यलाई शुरू भएको विवादपछि गोली चल्दा एकजना युवक घाइते भएको बताइएको छ। उक्त घटनापछि कुचबिहार कोतवाली थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सी जफत गर्नको साथै केही व्यक्तिहरूलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *