अवैध रम-रक्सी विरुद्ध अभियान

कालचिनी :  होली पर्व आउनभन्दा अगावै कालचिनी पुलिसले अवैध रम-रक्सी विरुद्ध लगातार अभियान चलाइरहेको छ। उक्त अभियान अवधि कालचिनी पुलिसले हिजो अबेर राति विभिन्न ठाउँहरूबाट लगभग 50 कार्टुन भुटानी रम-रक्सी उद्धार गरेको बताइएको छ। कालचिनी थानाका ओसी अभिषेक भट्टाचार्यले गत एक हफ्ताभित्रमा कालचिनी थाना अन्तर्गत विभिन्न ठाउँहरूबाट अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सी जफत गरेको बताए। यसको साथै यस घटना सम्बन्धमा पुलिसले हालसम्म 30 जना मानिसहरूलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *