अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको न्यु जलपाईगढी थाना पुलिसले भक्तिनगर इलाकामा अभियान चलाएर गैर कानुनी रूपमा रम-रक्सी बिक्री गर्ने गरेको आरोपमा गौतम चौधरी नामक व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिसले पक्रा परेका गौतम चौधरीबाट धेरै मात्रामा अवैध रम-रक्सी उद्धार गरेको छ। यसको साथै पुलिसले हिजो अबेर राति न्यु जलपाईगढी थानाको विभिन्न इलाकामा अभियान चलाएर विभिन्न रम-रक्सीको ठेकाबाट 50 जना व्यक्तिलाई हिरासतमा लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *