अवैध रम-रक्सी सहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अवैध देशी-विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति रतन सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार बारीभाषा निवासी रतन सरकारले धेरै दिन अघिदेखि घरमै रम-रक्सीको व्यवसाय चलाइरहेका थिए। एनजेपी थाना पुलिसले यसबारे खबर पाएपछि हिजो साँझ उक्त घरमा अभियान चलाएर अवैध देशी-विदेशी रम-रक्सी उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *