अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अभियान चलाएर हिजो धेरै मात्रामा अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति न्यु जलपाईगढी थाना अन्तर्गत पर्ने माइकल मधुसुदन कोलनी निवासी दशरथ साहाको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले न्यु जलपाईगढी थाना अन्तर्गत पर्ने माइकल मधुसुदन कोलनी निवासी दशरथ साहाको घरमा हिजो अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *