अवैध रूपमा बाघडुग्रा हवाईअड्डामा प्रवेश गरेको आरोपमा 2 जना युवक पक्राउ

सिलगढी : अवैध रूपमा बाघडुग्रा हवाई अड्डामा प्रवेश गरेको आरोपमा 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरू बिहारको किशनगञ्ज निवासी मोहम्मद अमिन र मोहम्मद शाहजहान सामेल छन्। प्राप्त जानकारी अनुसार यी दुईजना युवकले सुरक्षा घेरा पार गरेर बाघडुग्रा हवाईअड्डामा अवैध रूपमा प्रवेश गरेको साथै हवाईअड्डाभित्र मोबाइल फोनमा फोटो खिँचेको अभियोग उठेको छ। यसपछि सीआईएसएफ-का जवानहरूले ती दुईजना युवकलाई पक्राउ गरेर बाघडुग्रा पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *