अवैध रूपमा बलुवा बोकेको 6 वटा वाहन जफत, 6 पक्राउ

फाँसीदेवा: फाँसीदेवाको चेङ्गा नदीबाट बलुवा चोरी गरेको आरोपमा 6 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा खायरुल शेख, काबिल शेख, निखिल दास, शम्भूनाथ पाल, अफसर अली र सिराजुल हक सामेल छन्। तिनीहरू सबै उत्तर दिनाजपुर निवासी हुन्। प्राप्त जानकारी अनुसार गत अबेर राति गोप्य सूचनाको आधारमा फाँसीदेवा विधाननगर जाँच केन्द्रको पुलिसले विधाननगरको मुरलीगञ्जमा नाका चेकिङ अवधि एउटा डम्पर, एउटा लरी सहित मोठ 6 वटा बलुवा बोकेको वाहनलाई जफत गरेको छ। चालकले उक्त बलुवाको वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले 6 जनालाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *