अवैध रूपमा बलुवा खनन गरेको आरोपमा एकजना पक्राउ

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश अनुसार पुलिसले बलुवा-ढुङ्गा खनन गर्ने माफियाहरूलाई लगाम लगाउन लगातार अभियान चलाइरहेको छ। यसै क्रममा गत राति सिलगढीको मिलन मोड़ इलाकाबाट रातिको समय गैर कानुनी रूपमा नदीबाट बलुवा-ढुङ्गा खनन गर्ने गरेको पुलिसले गोप्य खबर पाएपछि प्रधान नगर थानाका आईसीको नेतृत्वमा उक्त इलाकामा अभियान चलाएर गैर कानुनी रूपमा बलुवा लादेको एउटा ट्र्याक्टरलाई रोके। यसपछि उक्त ट्र्याक्टरको चालकलाई वैध कागजपत्र माग्दा चालकले सो देखाउन नसकेपछि पुलिसले अवैध रूपमा बलुवा खनन गरेको आरोपमा ट्र्याक्टर चालकलाई पक्राउ गर्नको साथै ट्र्याक्टर पनि जफत गरेको छ। पक्रा परेका चालक जदू राय (30)-को रूपमा चिन्हित गरिएको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। स्मरण रहोस्, सिलगढीको प्रधान नगर थाना पुलिसले गत 20 दिनको अवधिमा अवैध रूपमा बलुवा खननको मामिलामा कठोर कार्वाही गर्दै बलुवा लादेको 5 वटा ट्र्याक्टर जफत गरेको छ भने यस मामिलामा हालसम्म 8 जना व्यक्तिलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *