अवैध रूपमा बालुवा बोकेको ट्र्याक्टर सहित 1 जना पक्राउ

सिलगढी : नक्सलबारीमा अवैध रूपमा बालुवा बोकेको ट्र्याक्टर सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक हात्तीघिसा निवासी 22 वर्षीय अभिषेक उरावको रूपमा चिन्हित गरिएको छ। अवैध रूपमा नदीबाट बालुवा-ढुङ्गा ओसारपसार गर्ने आरोपमा नक्सलबारी थाना पुलिसले ट्र्याक्टर सहित एकजना युवकलाई पक्राउ गरेको छ। आज बिहान नक्सलबारी थाना पुलिसले सातभइया इलाकामा अभियान चलाएर ट्र्याक्टर सहित एकजना युवकलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *