अवैध रूपमा भारतमा प्रवेश गर्ने प्रयास, चीनका नागरिक सहित 3 जना पक्राउ

खोरीबारी : खोरीबारीको पानीट्याङ्कीमा भारत-नेपाल सिमानाबाट एकजना चीनका  नागरिकलाई पक्राउ गरेको छ। यसको साथै चीनका नागरिकलाई सहयोग गरेको आरोपमा नेपालका 2 जना नागरिकलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार उक्त चीनका नागरिकको नेपालबाट भारतमा प्रवेश गर्ने योजना रहेको थियो। यसै अनुसार एउटा वाहनमा चीनका नागरिक नेपालका 2 जना नागरिकको साथमा खोरीबारीको पानीट्याङ्की सीमामा पुगेका थिए। सीमामा तैनाथ एसएसबी 41औँ बटालियनका जवानहरूले आवश्यक कागजपत्र माग्दा चीनका नागरिकले नेपालको नागरिकताको फोटोकपी देखाए। यसपछि एसएसबीका जवानहरूलाई सन्देह लागेर सोधखोज गर्दा उक्त व्यक्ति चीनको नागरिक रहेको थाहा पाए। पक्रा परेका चीनका नागरिकको नाम लि शियाकाङ बताइएको छ। अर्कोतिर, चीनको नागरिकलाई सहयोग गरेको आरोपमा नेपालका सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारीलाई पनि पक्राउ गरेपछि खोरीबारी पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेका 3 जनालाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *