अवैध रूपमा भारतमा प्रवेश गरेर जमीन किनेको आरोपमा बङ्ग्लादेशी नागरिक पक्राउ

सिलगढी : अवैध रूपमा भारतमा प्रवेश गरेर जमीन किनेको आरोपमा पुलिसले एकजना बङ्ग्लादेशी अनुप्रवेशकारीलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति 49 वर्षीय दिलीप सूत्रधरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो दिलीप सूत्रधर नाम गरेको एकजना व्यक्ति आशिघर आउटपोस्ट अन्तर्गत  रजिस्टर कार्यालयमा जमीनको रजिस्टर गर्नको लागि आइपुगेका थिए। तिनले केही समय पहिला आशिघर आउटपोस्ट इलाकामा कुनै एकजना व्यक्तिबाट जमीन किनेपछि आफ्नो नाममा रजिस्टर गर्नको लागि रजिस्टर कार्यालय आइपुगेका थिए। अर्कोतिर, आशिघर आउटपोस्ट पुलिसले गोप्य सूचनाको आधारमा दिलीप सूत्रधरको छानबीन गर्दा एउटा भारतीय आधार कार्ड, भोटर कार्ड सहित बङ्ग्लादेशको पासपोर्टको जेरक्स कपी पनि उद्धार गरेको छ। यसपछि पुलिसले गैरकानुनी रूपमा बङ्ग्लादेशबाट भारतमा प्रवेश गरेको आरोपमा तिनलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। सूत्रले दिएको जानकारी अनुसार दिलीप सूत्रधर बङ्ग्लादेशबाट अवैध रूपमा भारतमा प्रवेश गरेपछि आशिघर इलाकामा धेरै समय अघिदेखि बस्दै आइरहेका थिए। तिनले अवैध रूपमा भोटर आईकार्ड, आधार कार्ड बनाएर भारतीय नागरिकता लिएपछि आशिघर इलाकामा जमीन किनेको हुनसक्ने बताइएको छ। हाल पुलिसले जमीन बेच्ने, आधार कार्ड र भोटर कार्ड बनाउने व्यक्तिको खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes