अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा न्युजील्यान्ड निवासी पक्राउ

खोरीबारी : अवैध रूपमा नेपालबाट भारतमा प्रवेश गरेको आरोपमा भारत-नेपाल सिमानाको पानीट्याङ्कीबाट न्युजील्यान्ड निवासी एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति एन्ड्रयु जेम्सको रूपमा चिन्हित गरिएको छ। पुलिसले पक्रा परेका न्युजील्यान्ड निवासी उक्त व्यक्तिबाट भारतीय आधार कार्ड, प्यान कार्ड र ड्राइभिङ लाइसेन्स पनि उद्धार गरेको छ। एसएसबीले भारत-नेपाल सिमानाको पानीट्याङ्कीबाट न्युजील्यान्ड निवासी एन्ड्रयु जेम्सलाई पक्राउ गरेको छ। उक्त व्यक्तिले भारतीय आधार कार्ड देखाएर भारतमा प्रवेश गर्ने प्रयास गरिरहेको थियो। यसपछि एसएसबी-ले उक्त व्यक्तिसित सोधखोज गरेपछि सिमानाबाट मोहम्मद नुरुल इस्लाम नाम गरेको अझ एकजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। यसपछि एसएसबी-ले पक्रा परेका दुवै व्यक्तिलाई खोरीबारी पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। बग्लादेशी नागरिक र न्युजिल्यान्ड निवासीबीच के सम्बन्ध छ भन्ने विषयमा पुलिस जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *