अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा महिला पक्राउ

सिलगढी पाँच वर्षपछि अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा एउटी महिलालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा पर्ने महिला आयशा बेगमको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आयशा बेगम गत 5 वर्षअघि लोग्ने र नानीसित बङ्ग्लादेशबाट कामको सिलसिलामा भारत आएकी थिइन्। तीन वर्षपछि लोग्नेले आयशा र नानीलाई छोडेर भागेपछि एकजना व्यक्तिको बहलाइ-फुस्लाईमा तिनी र नानी 2 वर्षदेखि राजस्थानमै थिइन्। एनजेपी पुलिसले हिजो एनजेपी स्टेशनबाट नानीसहित उक्त महिलालाई पक्राउ गरेर सोधखोज गर्दा दक्षिण बंगालको सीमाको बाटो हुँदै तिनी अवैध रूपमा लोग्नेसित बङ्ग्लादेशबाट भारतमा प्रवेश गरेको कुरा स्वीकारिन्। हाल तिनी आफ्नो देश फर्किन चाहन्छिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *