अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा 2 जना बङ्ग्लादेशी पक्राउ

सिलगढी : अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा एनजेपी थाना पुलिसले दुईजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अब्दुल रहिम र कुलसुम अख्तार मली सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत दिसम्बर 2021-मा परिवारको सहमतिबिनै अब्दुल रहिम र कुलसुम अख्तार मलीले बिहे गरेका थिए। यसपछि ती दुई बङ्ग्लादेशबाट भागेर अवैध रूपमा भारतमा प्रवेश गरेका थिए। बङ्ग्लादेशमा ती दुईविरुद्ध मामिला दर्ता गरिएको छ। एनजेपी थाना पुलिसले यसबारे थाहा पाएपछि आज नवापाडाबाट ती दुईलाई पक्रेर थानामा ल्याएको बताइएको छ। पक्रा परेकाहरूलाई जलपाईगढी अदालतमा पेशर गरेर पुलिस हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *