अवैध रूपमा चलाइरहेको कार्यालय पुलिसले गरिदिए बन्द

सिलगढी : सिलगढी नगरनिगमको 36 नम्बर वार्डमा टुर एन्ड ट्राभल्स अफिसको नाममा एउटा घर भाडामा लिएको थियो। स्थानीय मानिसहरूलाई सन्देह लागेर पुलिसको सहयोगमा आज उक्त अफिस बन्द गरिदिएको छ। घटनाक्रमअनुसार सिलगढी नगरनिगमको 36 र 37 नम्बर वार्ड निवासी शुभ सेन र विश्वजीत मण्डलले लगभग 10 दिनअघि 36 नम्बर वार्डस्थित पञ्चानन रोडमा एउटा घर भाडामा लिएर टुर एन्ड ट्राभल्सको अफिस चलाइरहेका थिए भने उक्त अफिस अघि कुनै साइनबोर्ड लगाएको थिएन। यसको साथै उक्त अफिसमा दिनहुँ केही युवतीहरू आउने जाने गरेकोले स्थानीय मानिसहरूलाई सन्देह लागेपछि आज दिउँसो तिनीहरू उक्त कार्यालयमा भेला भएर आशीघर आउटपोस्ट पुलिसलाई यसबारे खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त दुई युवकलाई एजेन्सीको वैध कागजपत्र माग्दा तिनीहरूले सो कागजपत्र देखाउन सकेनन्। उक्त कार्यालय अवैध रूपमा चलाइरहेको थियो। यसपछि पुलिसले उक्त कार्यालय बन्द गरिदिनको साथै वैध कागजपत्र बनाएर पुलिसको अनुमतिले मात्र कार्यालय खोल्ने तिनीहरूलाई निर्देश दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *