अवैध रूपमा ढुंगा बोकेको ट्र्याक्टर सहित चालक पक्राउ

नक्सलबारी (निसं): नेशनल ग्रीन ट्रिब्यूनलको आदेशलाई पालन नगरेर मेची नदीबाट अवैध रूपले बालुवा-ढुंगा खनन गरेको आरोपमा नक्सलबारी पुलिसले ढुंगा बोकेको एउटा ट्र्याक्टर जफत गरेको छ। यसको साथै उक्त घटनामा एकजना युवकलाई पनि पक्राउ गरेको छ। गोप्य सूत्रको आधारमा पुलिसले नक्सलबारी ब्लक अन्तर्गत झापुजोत इलाकामा अभियान चलाएर ढुंगा बोकेको एउटा ट्र्याक्टर सहित ताराबारी निवासी चालक राजेश बर्मन (18) लाई पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *