अवैध रूपमा ढुङ्गा बोकेको 2 वटा ट्रकसहित 7 जना पक्राउ

नक्सलबारी : नक्सलबारी पुलिसले अवैध रूपमा ढुङ्गा लादेको दुईवटा ट्रक जफत गर्नको साथै उक्त मामिलामा 7 जना व्यक्तिलाई पक्राउ गरेको छ। नक्सलबारी पुलिसले यहाँको रकमजोत इलाकामा अभियान चलाएर ढुङ्गा बोकेको दुईवटा ट्रकलाई रोकेर ढुङ्गाको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि पुलिसले 7 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त ढुङ्गा लादेको दुईवटा ट्रक बिहारतर्फ लगिरहेको थियो। पक्रा परेका 7 जना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै मामिलाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *