अवैध रूपमा ढुङ्गा बोकेको 3 वटा ट्रक जफत, एकजना पक्राउ

सिलगढी : विधान नगर थाना पुलिसले अवैध रूपमा ढुङ्गा बोकेको 3 वटा ट्रकसहित एकजना चालकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति उत्तर दिनाजपुर जिल्लाको ईस्लामपुर निवासी 32 वर्षीय सुकुर चन्द्र सिंहको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा विधान नगर थाना पुलिसले मुरालीगञ्ज चेकपोस्टमा अभियान चलाएर 3 वटा ढुङ्गा बोकेको ट्रक जफत गरेको छ। उक्त ढुङ्गाको कुनै वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले एकजना चालकलाई पक्राउ गरेको छ भने अन्य दुईजना चालक पुलिसलाई देखेपछि घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार 3 वटा ट्रकमा अवैध रूपमा ढुङ्गा बोकेर ईस्लामपुरतर्फ लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *