अवैध रूपमा ढुङ्गा लादेको दुईवटा ट्रक जफत

फाँसीदेवा  : विधाननगर थाना पुलिसले फाँसीदेवा ब्लकको मुरालीगञ्जको महानन्दा ब्रिजमा अभियान चलाएर दुईवटा ढुङ्गा लादिएको ट्रक जफत गरेको छ। प्राप्त जानकारीअनुसार आज बिहान फाँसीदेवा अवैध रूपमा ढुङ्गा लगिरहेको समय विधाननगर थाना पुलिसले ब्लकको मुरालीगञ्जको महानन्दा ब्रिजमा अभियान चलाएर उक्त दुईवटा ट्रकलाई जफत गरे तापनि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। फाँसीदेवाको विभिन्न नदीबाट तस्करहरूले अवैध रूपमा बलुवा-ढुङ्गा लैजाने गर्दछ। उक्त दुईवटा ट्रकमा अवैध रूपमा ढुङ्गा लादेर बिहार तस्कर गर्ने उद्देश्यले लगिरहेको पुलिसले प्राथमिक अनुमान लगाएको छ। अवैध बलुवा-ढुङ्गाको तस्करी विरुद्ध लगातार अभियान चलाइरहने विधाननगर थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *