अवैध रूपमा नदीबाट बलुवा तस्करी गरेको आरोपमा युवक पक्राउ

राजगञ्ज : आमबारी आउटपोस्ट पुलिसले नदीबाट अवैध रूपमा बलुवा तस्करी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक राजगञ्जको गधेयागछ इलाका निवासी अमित रायको रूपमा चिन्हित गरिएको छ। पुलिसले उक्त घटनामा एउटा ट्रक र ट्र्याक्टर पनि जफत गरेको छ।  पुलिस सूत्रले दिएको जानकारी अनुसार राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत गधेयागछ इलाकामा करतोया नदीबाट अवैध रूपमा बलुवा तस्करी गर्ने गरेको थाहा पाएपछि पुलिसले अभियान चलाएर एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *