अवैध रूपमा रेलवे टिकट बेचेको आरोपमा व्यक्ति पक्राउ

राजगञ्ज : अवैध रूपमा रेलको टिकट बिक्री गरेको आरोपमा रेलको क्राइम इन्टेलिजेन्स ब्राञ्च (सीबीआई)-ले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति तानबीर आलमको रूपमा चिन्हित गरिएको छ। रेलवे पुलिस र न्यु जलपाईगढी थाना पुलिसलाई साथमा लिएर आज सीबीआई-का अधिकारीहरूले फुलबारी बाइपास मोडको एउटा दोकानमा अभियान चलाएर एकजना व्यक्तिलाई पक्राउ गरेको छ। यसको साथै एउटा कम्प्युटर, प्रिन्टर, धेरैवटा एटीएम कार्ड, नगद केही हजार रुपियाँ लगायत केही कागजपत्र जफत गरेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार तानबीर फुलबारी 1 ग्राम पञ्चायतको शान्तिपाड इलाका निवासी हुन्। लगभग 1 वर्ष अघि फुलबारी बाइपास मोडमा टुर एन्ड ट्र्याभल एजेन्सी खोलेर रेल, बस र प्लेनको टिकट बेच्ने गर्दथे। उक्त दोकानमा धेरै समय अघिदेखि अवैध रूपमा रेलको टिकट बेचिरहेको सीआईबीले अभियोग पाएपछि सीआईबी अधिकारीले उक्त दोकानमा लगभग एक घण्टासम्म छापामारी अभियान चलाएपछि दोकानका मालिक तनबीर आलमलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *