अवैध रूपमा रम-रक्सी बेचेको आरोपमा दुईजना पक्राउ

सिलगढी प्रधान नगर थाना पुलिसले गत राति दुई भिन्ना-भिन्नै इलाकामा छापामारी अभियान चलाएर देशी-विदेशी रम-रक्सीसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार प्रधान नगर थाना पुलिसले मल्लागढीस्थित एउटा घरमा अभियान चलाएर 8 लिटर देसी तथा विदेशी रम-रक्सी जफत गर्नको साथै अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा रमेश रायलाई पक्राउ गरेको छ। अर्कोतिर, प्रधाननगर थाना पुलिसले बाघाजतीन कोलनी इलाकामा अभियान चलाएर 9 लिटर देसी तथा विदेशी रम-रक्सी सहित पिन्टु उरावलाई पक्राउ गरेको छ। पक्रा परेका दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *