अवैध रूपमा रम-रक्सी बिक्री विरुद्ध तृणमूल नेतृत्व तथा गाउँलेहरूको अभियान

कुचबिहार : कुचबिहारको शीतलकुचीको अक्रारहाट इलाकामा अवैध रूपमा रम-रक्सी बिक्री विरुद्ध स्थानीय तृणमूल नेतृत्व तथा गाउँलेहरूले अभियान चलाए। धेरै दिन अघिदेखि शीतलकुचीको अक्रारहाट इलाकामा अवैध रूपमा रम-रक्सी बिक्री गरिरहेकोले गर्दा इलाकामा नराम्रो प्रभाव परिरहेको छ। यसैले आज स्थानीय तृणमूल नेतृत्वले गाउँलेहरूलाई साथमा लिएर अवैध रम-रक्सीको बिक्री विरुद्ध अभियान चलाए। यस विषयमा तृणमूल कङ्ग्रेसका ब्लक उपाध्यक्ष अब्दुल जलालले भने, धेरै दिन अघिदेखि इलाकामा धेरैजनाले अवैध रूपमा रम-रक्सी बिक्री गरिरहेको छ। यसले गर्दा बजार इलाकाको परिवेश नष्ट भइरहेको छ। यसभन्दा अघि पनि तिनीहरूलाई सावधान गरिए तापनि हालसम्म रम-रक्सी बिक्री गर्न बन्द गरेको छैन। इलाकामा राम्रो परिवेश बनाइ राख्ने उद्देश्य लिएर आज अवैध रम-रक्सी बिक्री गर्नेहरूलाई सतर्क गराइएको हो। यसविरुद्ध लगातार आन्दोलन जारी रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *