अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा एकजना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेपछि जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति 50 वर्षीय राजेन छेत्रीको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 41 नम्बर वार्डस्थित बोतल कम्पनी इलाकामा अवैध रूपमा रम-रक्सी बिक्री गर्ने गरेको सूचना पाएपछि भक्ति नगर थाना पुलिसले अभियान चलाएर एउटा फास्ट फुड दोकानको छानबीन गर्दा अधिक मात्रामा रम-रक्सी उद्धार गरेको बताइएको छ। पुलिसले अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा दोकानका मालिक राजेन छेत्रीलाई पक्राउ गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *