अवैध रूपमा रम-रक्सीको व्यवसाय गरेको आरोपमा व्यक्ति पक्राउ 

सिलगढी : सिलगढी मेट्रोपोलिटनको भक्ति नगर थाना पुलिसले अवैध रूपमा रम-रक्सीको व्यवसाय गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति प्रमोद नगर इलाका निवासी उत्तम कुमारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उत्तम कुमार धेरै समय अघिदेखि प्रमोद नगर इलाकामा गैर कानुनी रूपमा रम-रक्सीको व्यवसाय गरिरहेको खबर पाएपछि गत राति भक्ति नगर थाना पुलिसले अभियान चलाएर आरोपी उत्तम कुमारलाई गैर कानुनी रूपमा रम-रक्सी बिक्री गर्ने गरेको आरोपमा पक्राउ गरेको बताइएको छ। उक्त अभियान अवधि पुलिसले धेरै मात्रामा देशी रम-रक्सी उद्धार गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *