अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा युवक पक्राउ

सिलगढी : अवैध रूपमा रम-रक्सी बिक्री गर्ने गरेको आरोपमा पुलिसले हिजो दोस्तीदार नाम गरेको युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिस सूत्रले दिएको जानकारी अनुसार दोस्तीदारले धेरै समय अघिदेखि प्रशासनको आँखामा छलेर अम्बिकानगर इलाकामा अवैध रूपमा रम-रक्सी बिक्री गर्ने गर्दथ्यो। एनजेपी थाना पुलिसले हिजो अभियान चलाएर धेरै मात्रामा देशी-विदेशी रम-रक्सीसहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *