अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा महिला सहित दुईजना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले गत राति दुई भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर अधिक मात्रामा रम-रक्सी जफत गरेको छ। यसको साथै उक्त मामिलामा महिलासहित दुईजनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार भक्ति नगर थाना पुलिसले सादा पोसाकमा खोलाचन्द्र फाफरी इलाकामा अभियान चलाएर अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा सुशीला छेत्री नाम गरेकी एउटी महिलालाई पक्राउ गर्नको साथै 76 बोतल रम-रक्सी उद्धार गरेको छ।


अर्कोतिर, सालुगढाको पाइपलाइन इलाकामा पुलिसले अभियान चलाएर सेवग चिङजोङ शेर्पालाई पक्राउ गरेको छ। पुलिसले आरोपी व्यक्तिबाट 178 बोतल रम-रक्सी उद्धार गर्नको साथै एउटा वाहन पनि जफत गरेको छ। पक्रा परेका सेवग चिङजोङ शेर्पाले सिक्किमबाट रम-रक्सी ल्याएर सिलगढीको केही इलाकामा अवैध रूपमा बिक्री गर्ने गर्दछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *