अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा 3 जना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले थाना अन्तर्गत इलाकामा अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा 3 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरू सिलगढी निवासी अमित गुप्ता, निशान्त सुब्बा र उमेश मण्डल सामेल छन्। प्राप्त जानकारी अुनसार थाना अन्तर्गत इलाकामा केही दोकान तथा होटलको नाममा अवैध रूपमा रम-रक्सी बिक्री गरिरहेको खबर पाएपछि प्रधान नगर थाना पुलिसले दुई दिन लगातार भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर अधिक मात्रामा रम-रक्सी सहित 3 जनालाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *