अवैध साल काठ उद्धार

चालसा : चालसा रेञ्जका वन कर्मीहरूले गोप्य सूचनाको आधारमा अभियान चलाएर धेरै मात्रामा अवैध साल काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार गत राति 11 बजी चालसा संलग्न महाबारीको गणेश मन्दिर लाइन इलाकाको एउटा घरमा अभियान चलाएर घर नजिकबाट धेरै मात्रामा सालको काठ उद्धार गरेको बताइएको छ। तथापि, घटनामा कसैलाई पक्राउ गरिएको छैन। उद्धार गरेको उक्त अवैध काठको बजार मूल्य लाखौँ रुपियाँ रहेको छ भने उद्धार गरेको उक्त काठ चालसा रेञ्ज कार्यालयमा लगिएको बताइएको छ। आगामी दिनमा यस प्रकारको अभियान चलाइने चालसा रेञ्जका शुभेन्दु दासले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.