अवैध सम्बन्ध रहेको सन्देहमा एउटी महिलाई निवस्त्र गरेर कुटपीट गरेको आरोप

सिलगढी :  अवैध सम्बन्ध रहेको सन्देहमा एउटी महिलालाई निवस्त्र गरेर कुटपीट गरेको अभियोग उठेको छ। उक्त घटनाले सिलगढीको प्रधाननगर थाना अन्तर्गत समरनगर इलाकामा हो-हल्ला मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान एउटी महिला आफ्नो छोरालाई ट्युसन लगिरहेको समय छिमेकी एउटी महिलाले तिनको शरीरमा थुकेपछि उक्त महिलाले यसको प्रतिवाद गर्दा उल्टै तिनलाई निवस्त्र गरेर कुटपीट गरेको अभियोग उठेको छ। यसपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ। घटनाको खबर पाएर प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर 2 जना महिला सहित 3 जनालाई हिरासतमा लिएको छ। छिमेकी महिलाको आरोप अनुसार तिनीहरूको परिवारका एकजना छोरासित उक्त महिलाको अवैध सम्बन्ध रहेको छ। तथापि, उक्त महिलाले सो कुरा अस्वीकार गरेकी छन्। घटनाको खबर पाएर समरनगर ग्राम पञ्चायत जगदीश राय घटनास्थलमा पुगेर प्रधाननगर थाना पुलिसलाई घटनाबारे खबर दिए। तिनले उक्त घटनाको प्रतिवाद जनाए। अर्कोतिर, पीडित महिलालाई यसभन्दा अघि पनि अवैध सम्बन्धको सन्देहमा कुटपीट गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *