अवैध सुपारीसहित एकजना पक्राउ

खोरीबारी : गोप्य सूचनाको आधारमा एसएसबी 41औँ बटालियनको मदनजोत बीओपीको ई कम्पनीका जवानहरूले हात्तीघिसा नजिक एशियन हाईवेमा धेरै मात्रामा अवैध सुपारीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा जवानहरूले हात्तीघिसा नजिक एशियन हाईवेमा W73E7484 नम्बरको एउटा पिकअप भ्यानमा छानबीन गर्दा 2 हजार 4 सय 44 किलो सुपारी जफत गरेको बताइएको छ। जफत गरिएको सुपारीको अनुमानित बजार मूल्य लगभग 3 लाख 78 हजार 820 रुपियाँ रहेको छ। जवानहरूले पिकअप भ्यान, जफत गरेको सुपारी पानीट्याङ्की कस्टमलाई सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *