अवैध बालुवा बोकेको ट्रयाक्टर नक्सलबारी पुलिसद्वारा जफत

नक्सलबारी (निसं):  नक्सलबारी पुलिसले अवैध बालुवा बोकेको एउटा  ट्रयाक्टर जफत गरेको छ। प्राप्त जानकरी अनुसार पुलिसले गत राति अभियान चलाएर नक्सलबारीको ताराबारीमा चेङ्गा नदीबाट बालुवा बोकेको एउटा ट्रयाक्टर जफत गरेको छ। तथापि घटनास्थलबाट ट्रयाक्टर चालक लगायत अन्य मानिसहरू अन्ध्यारोको पाइदा उठाएर चम्पट कसेको बताइएको छ। स्मरण रहोस, नदीबाट अवैध रूपमा बालुवा तथा ढुंगाहरू लैजान प्रतिबन्द लगाए तापनि कतिपय मानिसहरूले अवैध रूपमा बालुवा अनि ढुंगाहरू लगिरहेकोले तिनीहरू विरूद्ध पुलिसले लगातार कार्वाही गरिरहेको छ। पुलिस सूत्र अनुसार यस प्रकारको अभियान आगामी दिनमा पनि लगातार जारी रहनेछ।  


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *