अवैध रूपले बालुवा बोकेको पिकअप जफत, चालक पक्राउ

सिलगढी, 26 नोभेम्बर (निसं): नदीबाट बालुवा, गिटी, ढुंगाहरू अवैध तरिकाले लैजाने गरेको कारण दिन-दिनै विभिन्न नदीहरूको अस्तित्व खतरामा पर्दै गइरहेको छ। अवैध रुपमा नदीहरूबाट बालुवा र ढुंगा खनन् कार्यले गर्दा राज्य सरकारलाई रोयल्टीमा पनि धेरै नोक्सान भइरहेको छ।
स्मरण रहोस, हालै मुख्यमन्त्री ममता ब्यानर्जीले बैठक अवधि प्रशासनलाई नदीहरूबाट अवैध खनन् रोक्न निर्देशन दिएकी थिइन्। यसपछि पुलिसले नदीहरूमा विशेष निगरानी बढाएको छ। सरकारी निर्देशनको उल्लंघन गर्दै रातको अन्धकारमा नदीहरूबाट अवैध खनन् भइरहेको छ। यसैलाई ध्यानमा राखेर भक्ति नगर थाना पुलिसले बालुवा माफियाहरूलाई नियन्त्रणमा लिनको लागि राती डनबस्को मोडमा अभियान चलाए।
उक्त अभियान अवधि एउटा बालुवा लोड गरेको पिकअपलाई जफत गर्नको साथै चालकलाई पक्राउ गरेको छ। पक्रा पर्ने चालकको नाम विजय राय रहेको छ। पुलिसले नदीको सम्पत्ति अवैध तरिकाले चोरी गरेको आरोपमा मुद्दा दर्ता गर्दै आज चालकलाई जलपाईगढी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *