अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको न्यु जलपाईगढी थाना पुलिसले बिहिबार राति अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। प्राप्त जानकारीअनुसार बिहिबार राति न्यु जलपाईगढी थाना पुलिसले साउथ शान्तिनगर इलाकामा अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सीसहित गरिब साहनी नामक व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *